कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलीग्राम लागूऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट पक्राउ परेका हुन् ।

अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाइल चोरी भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषधसहित एनरोइद मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाडौंको तिन वटा चेक फेला पारी पक्राउ गरेको हो ।

यस्तै टीकापुर नगरपालिका वडा नम्बर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागूऔषधसहित टिकापुर–१ का २८ वर्षीय लक्ष्मण रावललाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको  प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा रावलको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ५ : ५१ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी