कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलीग्राम लागूऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट पक्राउ परेका हुन् ।

अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाइल चोरी भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषधसहित एनरोइद मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाडौंको तिन वटा चेक फेला पारी पक्राउ गरेको हो ।

यस्तै टीकापुर नगरपालिका वडा नम्बर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागूऔषधसहित टिकापुर–१ का २८ वर्षीय लक्ष्मण रावललाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको  प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा रावलको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ५ : ५१ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा