खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु « Khabarhub

खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ ।

धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालक गुरुङ विद्यालयको होस्टल बसेर पढ्दै आएका थिए । होस्टलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको उनले बताए।

पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर आरुघाटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेमा उपचार गर्न पुर्याएको र उपचारका क्रममा नै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टलमा फर्किएको प्रहरीको भनाइ छ ।

बालक बिहीबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ५ : ५७ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय