प्रधानमन्त्री प्रचण्ड पत्नी दाहालको निधनप्रति पूर्वराष्ट्रपति यादवद्वारा दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्री प्रचण्ड पत्नी दाहालको निधनप्रति पूर्वराष्ट्रपति यादवद्वारा दुःख व्यक्त


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन् । 

आजै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन् । यस्तै,  विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्नुभएको छ भने सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्रलगायतले पनि समवेदना प्रकट गरेका छन्। यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले पनि प्रधानमन्त्री निवास बालुवाटार पुगी समवेदना प्रकट गरेका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले प्रधानमन्त्री पत्नी सीताको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे । प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि साँझ र बिहानको समय निर्धारण गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : १७ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ