दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल, नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री, प्रधानमन्त्री प्रचण्ड पत्नी दाहालको निधनप्रति पूर्वराष्ट्रपति यादवद्वारा दुःख व्यक्त, नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक, स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चारजना पक्राउ लगायतका समाचारले प्रमुख स्थान पाए ।

अनुसन्धानमा कुनै हस्तक्षेप छैन : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सबैखाले बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् ।

आज चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र छाडेको स्पष्ट पारे ।

कांग्रेस संसदीय दलको नेता परिवर्तनमा निरन्तर प्रयास हुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् ।

आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे ।

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

 नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ । 

आज बसेको पार्टीको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक : देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा तमु ९गुरुङ० संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए हो ।

संयमित र मर्यादित भएर आलोचना गर्दिनुहोस् : सभापति लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे।

जनतासँग गरेका वाचा पूरा गर्छौँ: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड पत्नी दाहालको निधनप्रति पूर्वराष्ट्रपति यादवद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री

नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।

शनिबार कांग्रेसनिकट तमु संघ बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दल नटिक्ने बताएका हुन्।

भीम रावलको प्रश्न- अमेरिकी सहायक विदेश मन्त्रीसँग ठूला नेताको भेट किन ? 

नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरेपछि रावलले रावलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन् ।

बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते

डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् ।

कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश बिक र अन्य २ जना घाइते भएका छन् ।

पिथौरागढमा नेपाल-भारत समन्वय बैठक सम्पन्न

भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । 

नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको  झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो । 

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । 

सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । 

लापसे गरी सवारी साधन चलाउने एक सय ५९ चालक कारबाहीमा

आर्थिक वर्ष २०७९-८० मा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो ।

स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चारजना पक्राउ

काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ५९ बजे

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ

महासंघ र पर्यटन मन्त्रीबीच भेट- पर्यटन क्षेत्रका छ समस्याबारे ध्यानाकर्षण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान

‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी

नवलपुर– लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि

अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ?

काठमाडौं – ‘अहिले मेरा कुनै योजना छैनन् । अरु कलारकारको