इथियोपियामा सुरक्षा बल र मिलिसियाबिच भिडन्त, २६ जनाको मृत्यु | Khabarhub Khabarhub

इथियोपियामा सुरक्षा बल र मिलिसियाबिच भिडन्त, २६ जनाको मृत्यु


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त भइरहेको छ । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

भिडन्तका क्रममा इथियोपियाको फिनोट सेलममा विस्फोट समेत भएको छ । विस्फोटमा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडार्इँ भएको थियो । दुई समूहबीच केही समयदेखि तनाव जारी छ । इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गरिएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ३८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित