रुसको एक पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु, ६० भन्दा बढी घाइते | Khabarhub Khabarhub

रुसको एक पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु, ६० भन्दा बढी घाइते


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । घटनामा ६० भन्दा बढी घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार गएराति दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।

विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ भने विष्फोटको कारण खुलाइएको छैन । विष्फोट भएको क्षेत्र राजधानी मस्कोबाट १६ सय किलोमिटर टाढा पर्दछ । विस्फोट लगत्तै भएको आगलागीबाट सयौँ सवारी साधन पनि नष्ट भएका छन् ।

दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई धैर्य रहन अपील गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’