अमेरिकामा डढेलोबाट ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्कविहीन  | Khabarhub Khabarhub

अमेरिकामा डढेलोबाट ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्कविहीन 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हवाई– अमेरिकाको हवाईमा लागेको डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक भएपछि त्यहाँको स्थिति थप चिन्ताजनक देखिएको छ।

उद्धार टोलीहरूले प्रतिदिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। यसलाई बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा लिइएको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको छ । हवाईका गभर्नर जोस ग्रीनले सीबीएस न्यूजलाई दिएको जानकारीअनुसार मृत्युको पूर्ण संख्या जान्न अझै १० दिन लाग्ने छ । उनले डढेलोमा परेर बेपत्ता हुनेको संख्या करिब १ हजार ३ सय पुगेको बताए । उनले भने, ‘आगलागीबाट लहैना सहर पूरै जलेर नष्ट भएको छ । विनाश बाहेक हेर्नका लागि केही छैन ।’

उनका अनुसार लाहाइनाका सबै १३ हजार मानिसहरूको घर जलेपछि  सम्भवतः आगोबाट बच्न भागेका वा मरेका हुन सक्छन् ।

संघीय आपतकालीन व्यवस्थापन एजेन्सीको खोज र उद्धार टोलीले १० खोज कुकुरहरू तैनाथ गरेर खोजी सुरु गरेको सीएनएनले जनाएको छ । आगोमा जलेका शवहरू पत्ता लगाउन मुस्किल रहे पनि हवाई सरकारले त्यसका लागि निरन्तर प्रयास गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १० : ०३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका