अमेरिकामा डढेलोबाट ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्कविहीन  « Khabarhub

अमेरिकामा डढेलोबाट ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्कविहीन 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हवाई– अमेरिकाको हवाईमा लागेको डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक भएपछि त्यहाँको स्थिति थप चिन्ताजनक देखिएको छ।

उद्धार टोलीहरूले प्रतिदिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। यसलाई बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा लिइएको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको छ । हवाईका गभर्नर जोस ग्रीनले सीबीएस न्यूजलाई दिएको जानकारीअनुसार मृत्युको पूर्ण संख्या जान्न अझै १० दिन लाग्ने छ । उनले डढेलोमा परेर बेपत्ता हुनेको संख्या करिब १ हजार ३ सय पुगेको बताए । उनले भने, ‘आगलागीबाट लहैना सहर पूरै जलेर नष्ट भएको छ । विनाश बाहेक हेर्नका लागि केही छैन ।’

उनका अनुसार लाहाइनाका सबै १३ हजार मानिसहरूको घर जलेपछि  सम्भवतः आगोबाट बच्न भागेका वा मरेका हुन सक्छन् ।

संघीय आपतकालीन व्यवस्थापन एजेन्सीको खोज र उद्धार टोलीले १० खोज कुकुरहरू तैनाथ गरेर खोजी सुरु गरेको सीएनएनले जनाएको छ । आगोमा जलेका शवहरू पत्ता लगाउन मुस्किल रहे पनि हवाई सरकारले त्यसका लागि निरन्तर प्रयास गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १० : ०३ बजे

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार