गण्डकी प्रदेशसभा बैठक बस्दै « Khabarhub

गण्डकी प्रदेशसभा बैठक बस्दै


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । यसअघि ‘बिजनेस’ नभएको भन्दै दुईपटकसम्म बैठक स्थगन भएको थियो ।

आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १० : १६ बजे

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

कम्पाला– युगान्डाले सोमालियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु

त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू)

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको मस्टक जित,

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १