तस्करी भएको बरामद सुन गाल्न सुरु « Khabarhub

तस्करी भएको बरामद सुन गाल्न सुरु


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन गाल्न सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकका अधिकारीको रोहबरमा गाल्न थालिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

यसअघि हिजो ‘ब्रेक शू’ बाट सुन छुट्याउने काम भएको थियो । यसरी निकालिएको सुन ६० किलो ७८९ ग्राम रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्ने अनुमान छ ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ‘ब्रेक शू’ भित्र लुकाएर सुन भित्र्याइएको खुलेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र