चिनियाँ कम्पनीले जिम्मा लिएको मुग्लिन–पोखरा सडक निर्माण सुस्त, अढाइ वर्षमा २० प्रतिशत काम « Khabarhub

चिनियाँ कम्पनीले जिम्मा लिएको मुग्लिन–पोखरा सडक निर्माण सुस्त, अढाइ वर्षमा २० प्रतिशत काम


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको मुग्लिन–आँबुखैरेनी–पोखरा सडकखण्ड निर्माणको काम सुस्त भएकाे छ । विसं २०७७ साल माघ १७ गते सम्झौता भई २०८१ वैशाखमा सम्पन्न गर्ने भनिए पनि ९ महिना बाँकी रहँदा २० प्रतिशत मात्रै काम भएको छ । 

चिनियाँ कम्पनीले सो सडकलाई दुई खण्डमा विभाजन गरी काम सम्पन्न गर्ने बताए पनि नेपाली ठेकदारसँग विवाद सिर्जना गरी आलटाल गर्दै आएको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम थालिएकोमा दुवै खण्डको हालसम्मको प्रगति २० प्रतिशत भन्दा बढी हुन सकेको छैन। 

त्यस्तै जामुनेदेखि पोखरासम्मको कार्य प्रगति ४.१ प्रतिशत मात्रै छ। यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ। यो खण्डमा भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छन्। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको थियो।

राजमार्ग विस्तारको काम सुस्त भएपछि केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ। यसअघि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि चिनियाँ कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।

राजमार्ग विस्तारका क्रममा काम ढिलो हुँदा राजमार्गको यात्रा कष्टकर बनेको छ। वर्षातको समयमा राजमार्गको हिलोका कारण गन्तव्यसम्म पुग्न निकै सास्ती व्यहोर्नु परेको छ। 

सडक विस्तारका क्रममा निस्किएका सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग हुनुका साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो। तर अहिले उक्त समस्या समाधान भइसकेको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रहेको छ ।

चार लेनको सडक बन्दा दुईतर्फी सीमा २५–२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। निर्माणपछि दुलेगौँडादेखि खैरेनीटार बजारसम्म तथा कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : ०० बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब