एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो ।

सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजनासहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

माग राख्ने क्रममा सोमबारै उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

बाढी, पहिरो, डुबान र हवाई उडानसम्बन्धी समस्या समाधानको योजनासहित सभामा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग छ । अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ । प्रदेशसभाको बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : १० बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको