वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा | Khabarhub Khabarhub

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् ।

मंगलबार दाङको घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि आफूले भूमिका खेल्दा प्रहार भएको बताएका हुन् ।

उनले सुन तस्करीका विषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारे । उनले आफूसँग पुरानो चिनजान भएका चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको दाबी गरे ।

महराले भन्सारमा रोकिएको सामान सुन भन्ने कुरा उनीहरुले पनि नभनेको र आफूलाई पनि थाहा नभएको प्रष्टीकरण दिए ।

पूर्वसभामुखसमेत रहेका महराले आफू प्रहरीलाई अनुसन्धानमा सघाउन तयार रहेको बताएपनि हालसम्म प्रहरीले नबोलाएको समेत बताए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : २२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि