वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा « Khabarhub

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् ।

मंगलबार दाङको घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि आफूले भूमिका खेल्दा प्रहार भएको बताएका हुन् ।

उनले सुन तस्करीका विषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारे । उनले आफूसँग पुरानो चिनजान भएका चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको दाबी गरे ।

महराले भन्सारमा रोकिएको सामान सुन भन्ने कुरा उनीहरुले पनि नभनेको र आफूलाई पनि थाहा नभएको प्रष्टीकरण दिए ।

पूर्वसभामुखसमेत रहेका महराले आफू प्रहरीलाई अनुसन्धानमा सघाउन तयार रहेको बताएपनि हालसम्म प्रहरीले नबोलाएको समेत बताए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : २२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले