स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा आयोजना हुने क्षयरोगसम्बन्धी सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

भारतको गुजरातमा आयोजना हुने क्षयरोगसम्बन्धी डब्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने अन्तर्राष्ट्रिय राजनीतिक प्रतिबद्धतामा नेपालले पनि सहमति जनाएकाले सम्मेलन महत्वपूर्ण हुने मन्त्री बस्नेतले जानकारी दिए ।

सम्मेलन अगस्त १६ र १७ तारिखमा हुने उनले बताए । त्यस्तै, भारत भ्रमणका क्रममा आयुर्वेद चिकित्सा पद्धतिसम्बन्धी ग्लोबल सम्मेलन र वान अर्थ वान हेल्थ सम्मेलनमासमेत सहभागिता जनाउने मन्त्री बस्नेतले बताए ।

सो क्रममा डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिन लागेका डा. शम्भु आचार्यको पक्षमा मत माग्नेसमेत उनले बताए । मन्त्री बस्नेत भदौ तीन गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : १९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले