कैदी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु « Khabarhub

कैदी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

किमाथांका –सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो । 

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । 

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो । आइतबार पक्राउ परेका चौधरीलाई पाँच दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो । कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।

चौकीदारसहित नौ कैदीमाथि अनुसन्धान 

कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको थियो । सो घटनामा संलग्न भएको आरोप लागेका चौकीदार कार्कीसहित नौ जना कैदीमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए। उनीहरूलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको हो । प्रहरीले कैदी कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारु, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई कारागारबाट निकालेर हिरासतमा राखेको थियो । घटनामा चौकीदारसहितका कैदीको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पच्चीस जना क्षमताको सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी रहेका छन् । उक्त घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनालगत्तै गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ४४ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत