बागमतीमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु « Khabarhub

बागमतीमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा सो खोप अभियान सुरु भएको जनाइएको छ । तीन दिन अगाडि साताव्यापीरूपमा सञ्चालन भएको खोप अभियानअन्तर्गत विगत तीन दिनमा १३ हजार पाँच सय १६ गाईगोरु तथा बाछाबाछीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ । प्रथम दिन चार हजार चार सय ६७, दोस्रो दिन चार हजार छ सय ९४ तथा तेस्रो दिन चार हजार तीन सय ३३ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

उक्त अभियानअन्तर्गत पहिलो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए। त्यहाँ दुई हजार चार सय ८८ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो । त्यसैगरी मकवानपुरका दुई हजार ४४ पशु, काभ्रेका एक हजार पाँच सय २२, सिन्धुलीका  एक हजार एक सय ९८ पशु, धादिङका एक हजार ५५, काठमाडौँका एक हजार ४२, नुवाकोटका नौ सय ९८, रामेछापका नौ सय ८२, सिन्धुपाल्चोकका आठ सय ५६, रसुवाका पाँच सय ८३, भक्तपुरका पाँच सय ५४, ललितपुरका १७ पशु र दोलखाका ८३ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

भदौ १ गतेसम्म सञ्चालन हुने सो खोप अभियानअन्तर्गत ५० हजार पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । सो रोग लागेमा गाईगोरु र बाछाबाछीमा स्वरो आउने, जीउ काँप्ने, छालाको रोग परिवर्तन हुने तथा जीउभरि घाउ, खटिरा हुने, अन्नपानी र दाना नखाने गरेको र त्यस रोगबाट पशुको मृत्यु हुने गरेको बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा ब्रजकिशोर ठाकुरले बताए । 

छ महिना अगाडि देखापरेको सो रोगको पहिचानमा समस्या रहेको थियो ।  काठमाडौँको त्रिपुरेश्वरको प्रयोगशालाको परीक्षणपश्चात् रोगको पहिचान भई अहिले खोप अभियान सुरु भएको उनले बताए।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ५० बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २