भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण | Khabarhub Khabarhub

भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गरेका छन् ।

निरीक्षणपछि पानी चुहिँदा बाटो बिग्रिने खाल्टाखुल्टी हुने स्थिति देखिएको बताउँदै सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिइसकेको उनले बताए ।

मन्त्री ज्वालाले भने, “हामीले स्थलगतरुपमै आएर हाम्रा कार्यालय र कन्ट्र्याक्टर दुवै पक्षलाई छिटोभन्दा छिटो सडकमा देखिएका खाल्टाखुल्टी, व्यवस्थित एवं खाल्टाखुल्टी मर्मत गर्नका निर्देशन दिएका छौँ, उहाँहरुले तीव्ररुपमा काम अगाडि बढाइरहनुभएको छ ।”

काठमाडौँलगायत अन्य स्थानमा विभिन्न कारणले सडक खाल्टाखुल्टी भएको बताउँदै उनले सम्बन्धित सबै निकायलाई समन्वय गरेर समस्याको समाधान गर्न निर्देशन दिएको जानकारी दिए ।

निरीक्षणका क्रममा राज्यमन्त्री नन्दा चपाईँ र मन्त्रालयका सचिव केशव शर्माको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ३४ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ