कैलालीमा उद्योग दर्ता हुने क्रम घट्दै | Khabarhub Khabarhub

कैलालीमा उद्योग दर्ता हुने क्रम घट्दै


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कच्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो ।

हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ । जिल्लामा दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी सो सङ्ख्यामा उद्योग रहेका छन् । बर्सेनि उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन भने सकेका छैनन् ।  कच्चापदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रियालगायतका कारणले जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालन गर्न कठिनाइ हुने गरेको उद्योग सञ्चालकको गुनासो छ ।

साना तथा घरेलु उद्योग कार्यालय धनगढीका प्रमुख कोमलप्रसाद ओझाका अनुसार आर्थिक वर्ष २०७७-७८ मा दुई हजार नौ सय ६८, आव २०७८-७९ मा दुई हजार चार सय ३७ र आव २०७९-८० मा एक हजार एक सय ९७ वटा उद्योग गर्दा भएका छन् । दर्ता भएका उद्योगमध्ये पछिल्लो तीन वर्षयता पाँच सय ४७ उद्योग बन्द भएका छन् । साना तथा घरेलु उद्योग कार्यालय धनगढीले दिएको जानकारीअनुसार आव २०७७-७८ मा एक सय ४०, आव २०७८-७९ मा एक सय ७५ तथा आव २०७९-८० मा दुई सय ३२ उद्योग बन्द भएका छन् ।

कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी, कच्चा पदार्थको अभावलगायतका कारण देखाएर उद्योग बन्द गरिन थालिएको बन्द हुनेमा अधिकांश उत्पादनमूलक, कृषिमूलक, सेवामूलक, पर्यटनमूलक उद्योग रहेका छन् । उद्योग दर्ता खारेजी फारममा प्रायः उद्योग बन्द गर्नुपरेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकेका कारण विदेश गइरहेको, उद्योगका लागि कच्चा पदार्थ अभावलगायतका कारण देखाइने गरिएको कार्यालय प्रमुख ओझाको भनाइ छ ।

साना तथा घरेलु उद्योग कार्यालयका अनुसार कोभिड-१९ पछि जिल्लामा उद्योग दर्ता हुने क्रम पनि घट्दो छ । कोभिडपछि आर्थिक मन्दी आएको र बैंकले ऋण लगानी नगरेपछि जिल्लामा उद्योग खुल्ने क्रम घटेको जनाइएको छ । सरकारले युवालाई उद्यमतिर आकर्षित गर्ने नीति अवलम्बन गरेको भए पनि उद्योग सञ्चालनका लागि पुँजी अभावलगायतका कारणले उद्योग दर्ता र नवीकरण घट्दो क्रममा रहेको कार्यालय प्रमुख ओझाले बताए।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : २६ बजे

संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले

बडिगाडलाई पोषणमैत्री पालिका बनाउन तयारी तीव्र

गण्डकी – ‘खाजामा कहिले मकैको सातु बनाउँछौँ, कहिले कोदोको पुरी