काठमाडौँ – नेपाल सरकार, गृह मन्त्रालयले छठ पर्वका अवसरमा कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार वि.सं. २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका दिन सार्वजनिक बिदा दिएकोमा छठ पर्वको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रहेकाले कात्तिक ३० गते सोमबारका दिनसमेत सार्वजनिक बिदा दिइएको हो।
सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा यो व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।















प्रतिक्रिया