रुसद्वारा दुई अमेरिकी कूटनीतिज्ञ निष्काशित « Khabarhub

रुसद्वारा दुई अमेरिकी कूटनीतिज्ञ निष्काशित


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मस्को- रुस सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो ।

अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ ।

संयुक्त राज्य अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन् ।

वासिङ्टनमा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता मिलरले अमेरिकी कूटनीतिक कर्मचारीलाई अकारण निष्काशनको आदेश दिइएको तथा दूतावासका कर्मचारीहरूलाईमात्र नभई आफ्नै नागरिकहरूलाई पनि मस्कोले धम्क्याइरहेकको बताएका छन् । रुसी सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार सामग्रीको ‘मिडिया क्लिप’ उपलब्ध गराउने रोबर्ट शोनोभलाई पक्राउ गरिएको जानकारी उनले दिएका छन् । रुसले देश छाडेर जान आदेश दिएका अमेरिकी कूटनीतिज्ञले रुस नछाडेको पनि उनले बताए ।

वासिङ्टन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला रुसले अमेरिकी कूटनीतिलाई देश छाड्न भनेको हो । निष्काशन गरिएका कूटनीतिज्ञहरूले रुसको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी गैरकानुनी एवं गैरकूटनीतिक गतिविधि सञ्चालन गरेका रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । रुसको राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा जेफ्री सिलिन र डेभिड बर्नस्टेन लागेका तथा उनीहरूले रोबर्टसँग ‘गोप्य सहयोग’ मागेर त्यसको बदलामा निजलाई आर्थिक सहयोगको प्रस्ताव गरेका जनाएको छ ।

रुसी सुरक्षा अधिकारीले पक्राउ गरेका राबर्टले भ्लादिभोस्तकस्थित अमेरिकी कूटनीतिक नियोगमा २५ वर्ष काम गरेका थिए । निजसँग अमेरिकी अधिकारीहरूले रुसका गोप्य सूचना उपलव्ध गराउन अनुरोध गरेका मस्कोको आरोप छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १ : ३१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी