तीन विद्यार्थी संगठनको चेतावनी- इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क बढाए आन्दोलन गर्छौं « Khabarhub

तीन विद्यार्थी संगठनको चेतावनी- इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क बढाए आन्दोलन गर्छौं


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसँग यसअघि भएको सहमतिविपरीत इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यसअघि करिब ३ लाख रहेको शुल्कलाई वृद्धि गरी ७ लाख ७५ हजार पु¥याएपछि यसअघि आन्दोलित विद्यार्थी र प्रशासनबीच तत्काल शुल्क वृद्धि नगर्ने सहमति भएको थियो । तर शुल्क समायोजन गर्न गठित ११ सदस्यीय समितिले पुन ५ लाख भन्दा बढी शुल्क लिन सिफारिस गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानका कारण ६२÷६३ मा पनि नरोकिएको इन्जिनियरिङको परिक्षा रोकिएको आरोप लगाए । उनले परिक्षालाई सहज रुपमा अघि बढाउन यसअघि विद्यार्थीहरुले संस्थानसँग सहमति गरेपनि सम्झौताको मसी सुक्न नपाउँदै इन्जिनियरिङ अध्ययन संस्थानले पुन शुल्क वृद्धि गर्न खोजेको अरोप लगाए ।

त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले अहिले ५ लाख ५४ हजार शुल्क तोक्ने तयारी भइरहेको भन्दै विद्यार्थीहरुलाई स्वीकार्य नहुने स्पष्ट पारिन् । उनले संस्थानको सुधारका लागि आफूहरु प्रतिबद्ध रहेपनि विद्यार्थीहरुलाई मर्कामा पार्ने गरी गर्न लागिएको शुल्क वृद्धि कार्यान्वयन नगर्न सुझाव दिइन् ।

संस्थानलाई घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुनेगरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्र भइरहेको भन्दै उनीहरुले विद्यार्थी र संस्थानको भविष्यमाथि गम्भीर हुन पनि ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  २ : ३९ बजे

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ