प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने « Khabarhub

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उनले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताएका हुन् । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । प्रहरीलाई नागरिकमैत्री बनाउने कुरामा प्रदेश सरकार लागिरहेको भन्दै उनले यसका लागि नागरिक पनि प्रहरीमैत्री बन्न सक्नुपर्ने उनले बताए ।

नेपाल सरकारले २०८० भदौ मसान्तसम्म प्रहरी समायोजन गर्ने प्रतिबद्धता गरेको थियो, सो प्रतिबद्धताअनुसार प्रहरी समायोजन नहुने भएपछि नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुनुपरेको धारणा पनि मन्त्री श्रेष्ठले व्यक्त गरे ।

प्रदेशकै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीबीच समन्वय र सहकार्य हुनुपर्ने जोड दिइन् । उनले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेकाले यसका लागि पहल भइरहेको बताइन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रु दुई करोड २६ लाख १५ हजार एक सय १७ बजेटमा एक कट्ठा नौ धुर जमिनमा बनेको प्रहरी चौकीमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहितको तीन तल्ले भवन निर्माण गरिएको थियो ।

कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा–१३ का वडाध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति थियो । कार्यक्रममा चौकी निर्माणमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ३ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै