दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द « Khabarhub

दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द भएको छ । यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो । यसबाट केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ ।

केन्द्रले सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ । औषधीसमेत निःशुल्क वितरण गर्दै आएको केन्द्रले फिजियोथेरापी र अकुपञ्चर सेवासमेत निःशुल्क प्रदान गर्दै आइरहेको जनाएको छ । निःशुल्क सेवाभित्र नपरेका औषधीसमेत आफ्नै फार्मेसीमार्फत सहुलियत दरमा बिक्री वितरण गर्दै आएको केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बताए ।

गत वर्ष फिजियोथेरापिष्टले कारारमा रही सेवा दिँदै आएकामा यस वर्ष उक्त दरबन्दी काटिएपछि सेवा पुनः सञ्चालन गर्न नसकिएको उनले बताए । “तलबका लागि बजेट छ । तर मन्त्रालयले यस वर्षको दरबन्दीमा फिजियोथेरापिष्टको दरबन्दी कटौती गरेकाले हाल सेवा पुनः सञ्चालन गर्न सकिएको छैन,” प्रमुख गिरीले भने ।

उनले मन्त्रालयमा यस बारेमा जानकारी गराएर दरबन्दीका लागि ताकेता गरिरहेको जानकारी दिए । केन्द्रमा गत आवदेखि फिजियोथेरापी र अकुपञ्चर सेवा सुरु भएको थियो । ती सेवाका कारण आयुर्वेदिक उपचार पद्धति र केन्द्रको सेवामा स्थानीयको आकर्षण बढेको थियो ।

सोही कारण केन्द्रमा दैनिक एक सयभन्दा बढी सेवाग्राहीको चाप हुने गरेको प्रमुख गिरीले बताए । उनका अनुसार आव २०७८–७९ मा केन्द्रबाट १४ हजार एक सय ४० जनाले सेवा लिएका भने आव २०७९–८० मा १९ हजार आठ सय ८० ले सेवा लिएका थिए । फिजियोथेरापी सेवा सुरु भएको छोटो समयमा करिब एक हजार जनाले सेवा लिइसकेका उनले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ०० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।