नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा « Khabarhub

नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकीय क्षेत्रहरुको अवलोकन गराइएको थियो ।

पर्यटकीय क्षेत्रहरुको अवलोकनपश्चात् भएको छलफल कार्यक्रममा भ्रमण टोली र चेम्बरका पदाधिकारीहरुबीच चिनियाँ जनताहरुमाझ भक्तपुरको प्रचारप्रसार गर्ने, चिनियाँ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनहरुको चीनमा प्रवद्र्धन गर्नेलगायत चिनिया कृषि प्रविधि नेपालमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दिपककुमार मल्होत्रालगायतका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । चिनियाँ व्यवसायीहरुको टोली भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ४५ बजे

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं– दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकले जरिवानाबापतको रकम

लमजुङ कारागार बजेट अभावमा रोकियो

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन

निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र