हेटौँडामा इन्जिनियरिङ क्याम्पस आवश्यक : सांसद सिंह « Khabarhub

हेटौँडामा इन्जिनियरिङ क्याम्पस आवश्यक : सांसद सिंह


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको बताएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले जिल्लाका विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि अन्यन्त्र धाउनुपर्ने समस्यालाई दृष्टिगत गर्दै औद्योगिक नगरी हेटौँडामा इन्जिनियरिङ कलेजको अवधारणाका लागि पहल गरिरहेको जानकारी दिए ।

मयूरधाप औद्योगिक क्षेत्रको काम अन्तिम चरणमा पुगेको जनाउँदै सिंहले औद्योगिक नगर भनेर चिनिने हेटौँडामा इन्जिनियरिङ कलेज स्थापना गर्न सके दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए । शिक्षा क्षेत्रमा मकवानपुर क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले इमान्दारिताका साथ काम गर्ने हो भने शिक्षा क्षेत्रमा मकवानपुरले इतिहास बनाउने बताए ।

मकवानपुरका प्रतिनिधिसभा सदस्य एंव नेकपा एमालेका सचेतक महेश बर्तौलाले निःशुल्क शिक्षा आवश्यक रहेको बताए । सामुदायिक क्याम्पसमध्ये मकवानपुर क्याम्पसले शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले उच्च शिक्षामा पनि निःशुल्क गराउन सके कोही पनि शिक्षाबाट वञ्चित हुन नपर्ने बताए ।

सचेतक बर्तौलाले विद्यार्थीहरुका लागि सहुलियत शिक्षामा सरकारले चासो राख्नुपर्नेमा जोड दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा भएको सभामा पौडेलले क्याम्पसका वार्षिक प्रगति प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष हिरालाल श्रेष्ठले रू २४ करोड ९८ लाख ६९ हजार तीन सयको चालु आव २०८०–८१ को अनुमानित आयव्यव प्रस्तुत गरेका थिए ।

लेखा समितिको प्रतिवेदन संयोजक हरिप्रसाद हुमागाईँले क्याम्पसमा व्यवस्थापकीय धेरै कमजोरी रहेको बताउँदै आर्थिक अवस्थालगायत समग्र पक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस सेवा समिति सभापति बद्रीप्रसाद लम्सालले सेवा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा क्याम्पसका पूर्वअध्यक्ष एवं पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतले मकवानपुर क्याम्पसको शैक्षिक अवस्थाको विषयमा भनाइ राखेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : ०० बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र