बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिँदै « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिँदै


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायले चासो देखाएका छन् ।

कोहलपुरमा आज भएको सरोकारवालाको सर्वपक्षीय छलफलमा दुर्घटनाका कारण भइरहेको मानवीय क्षति कम गर्न बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी साधनमा ‘टाइम कार्ड’ लागू गर्न सुझाव दिइएको छ । साथै बिग्रेका सवारी साधन सडकबाट तुरुन्तै हटाउनेलगायतका विषयमा सरोकारवाला निकायका प्रतिनिधि सहमत भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।

“टाइम कार्ड लागू गर्नेबारे सहमति जुटेको छ । मिति र स्थानबारे भने थप छलफल गरेर टुङ्गो लगाउने निर्णय गरिएको छ”, प्रहरी नायब उपरीक्षक तिवारीले भने । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाबीच भएको छलफलमा यातायात व्यवसायी, सुरक्षा निकाय, वन संरक्षणकर्मीलगायतका सरोकारवालाले सोसम्बन्धी चार बुँदे निर्णय गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा तीव्र गतिका कारण भयानक सवारी दुर्घटना भइरहेका छन् । गत शुक्रबारमात्रै दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक बाँके निकुञ्ज क्षेत्रमा बिग्रेर सडक छेउमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा सात जनाको निधन भएपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गर्न चासो देखाएका हुन् ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राजमार्ग खण्डमा निर्धारित अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा कायम गरिएकाले सबै सवारी चालकले अनिवार्य रूपमा पालना गर्ने, निकुञ्जमा हुने सवारी दुर्घटना रोेक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङ्गल राख्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

उनका अनुसार निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत सरोकारवालाले गरेका छन् ।

बर्दिया निकुञ्जमा जस्तै बाँके निकुञ्जमा पनि राजमार्ग क्षेत्रमा ‘टाइम कार्ड’ लागू गर्नसके तीव्र गतिका कारण हुने सवारी दुर्घटना र सवारीमा ठोक्किएर हुने वन्यजन्तुको मृत्यु पनि रोकिने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहको भनाइ छ । राजमार्ग क्षेत्रका हुने अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको पाइएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : ०७ बजे

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ