संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चको प्रस्तावित न्यायाधीशमा शर्माको नाम अनुमोदन | Khabarhub Khabarhub

संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चको प्रस्तावित न्यायाधीशमा शर्माको नाम अनुमोदन


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाइ गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । यसअघि विनोद शर्माविरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सूचना जारी गरेपनि उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाइ गरेको थियो ।

समिति सभापति पशुपतिशमशेर राणाले न्याय परिषदको पत्रअनुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाइ गरेर उनको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिए ।

त्यसअघि सुनवाइका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रित हुने बताएका थिए । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफूले कार्यसम्पादन गर्ने समेत उनले बताए । उनले न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने जिकिर गरे ।

न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : ५६ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा