सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत | Khabarhub Khabarhub

सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगाएतका बिषयमा दुईपक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने उनले बताइन् । बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाइ राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूभुषणसम्बन्धी कानूनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्था विभागलाई ५० प्रतिशत भन्सार छुटमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उनले बताइन् ।

त्यस्तै, बैठकले सिंचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : २७ बजे

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी