सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत « Khabarhub

सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगाएतका बिषयमा दुईपक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने उनले बताइन् । बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाइ राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूभुषणसम्बन्धी कानूनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्था विभागलाई ५० प्रतिशत भन्सार छुटमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उनले बताइन् ।

त्यस्तै, बैठकले सिंचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : २७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास