ग्वाटेमालामा दिनदहाडै प्रभावशाली नेता दम्पत्तिको हत्या « Khabarhub

ग्वाटेमालामा दिनदहाडै प्रभावशाली नेता दम्पत्तिको हत्या


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ग्वाटेमाला सिटी- मध्य अमेरिकी मुलुक ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै हत्या भएको छ । राष्ट्रपतिको पार्टीका राजनीतिज्ञ अनिबल रामिरेज र उनकी श्रीमती लाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सीड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका पूर्वउम्मेदवार रामिरेज र उनकी पत्नी मर्सी मोरालेसलाई कामको सिलसिलामा पिकअप भ्यानमा गइरहेका बोल गोली हानेर मारिएको सीडले जनाएको छ ।

नेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैं भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सीडले बताएको छ ।

उक्त पार्टीले हत्याका दोषीलाई कारबाही गर्न माग गरेको छ । सीडका नेता अरेभालोले गत महिना अप्रत्याशित रूपमा राष्ट्रपति पदको चुनाव जितेपछि ग्वाटेमालाका अधिकारीहरूले बारम्बार उनी र उनको पार्टीविरुद्ध कारबाही गर्न कानुनी माध्यम प्रयोग गर्दै आएका छन् भने विपक्षी तथा माफियाले हिंसाको बाटोसमेत अँगालेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : ४६ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र