घुमुवा प्रहरी भन्दै धनुषामा रुपैयाँ खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ « Khabarhub

घुमुवा प्रहरी भन्दै धनुषामा रुपैयाँ खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- आफूलाई घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन् । उनीसँगै रहेका अर्का एक व्यक्ति भने फरार रहेको र उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित ज ७ प ६०८६ नम्वरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम र विदेह नगरपालिका ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी भन्दै धाक लगाएर ४ हजार रुपैया खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।

अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : ५७ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र