साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ « Khabarhub

साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका घर भइ हाल ललितपुरको मंगलबजार बस्ने ३२ वर्षीया चेतना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

साइप्रस जान १५ लाख ६५ हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछि कृषि फार्ममा काम लगाइदिन्छु, मासिक एक लाख ५० हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारेर श्रेष्ठले ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटकपटक गरी ७ लाख ५० हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागबाट श्रेष्ठलाई पक्राउ गराइदिन पत्राचार भएका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोली उनलाई मंगलबजारबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : २९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन