विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

आज भदौ २९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १५ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ग्वाटेमालामा दिनदहाडै प्रभावशाली नेता दम्पत्तिको हत्या

मध्य अमेरिकी मुलुक ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै हत्या भएको छ । राष्ट्रपतिको पार्टीका राजनीतिज्ञ अनिबल रामिरेज र उनकी श्रीमती लाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सीड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका पूर्वउम्मेदवार रामिरेज र उनकी पत्नी मर्सी मोरालेसलाई कामको सिलसिलामा पिकअप भ्यानमा गइरहेका बोल गोली हानेर मारिएको सीडले जनाएको छ ।

नेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैं भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सीडले बताएको छ ।

उक्त पार्टीले हत्याका दोषीलाई कारबाही गर्न माग गरेको छ । सीडका नेता अरेभालोले गत महिना अप्रत्याशित रूपमा राष्ट्रपति पदको चुनाव जितेपछि ग्वाटेमालाका अधिकारीहरूले बारम्बार उनी र उनको पार्टीविरुद्ध कारबाही गर्न कानुनी माध्यम प्रयोग गर्दै आएका छन् भने विपक्षी तथा माफियाले हिंसाको बाटोसमेत अँगालेका छन् ।

चिनियाँ रक्षामन्त्रीलाई बर्खास्त गरिएको आशङ्का

चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वाल स्ट्रिट जर्नलले जनाएको छ ।

रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको बताएका छन् ।

“अमेरिकाका लागि चीनका राजदूत रहेका छिन गङलाई अप्रत्यासित रुपमा बेइजिङ बोलाएर विदेशमन्त्री बनाएको केही महिना बित्न नपाउँदै उनलाई बर्खास्त गरेर वाङ यीलाई पुनः विदेशमन्त्री नियुक्त गरिएको कारण हाल सम्म खुलाइएको छैन । जनरल लीका सम्बन्धमा पनि चिनियाँ सरकारले धेरै कुरा गरेको छैन,” अमेरिकी राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

यसै साताको प्रारम्भमा रक्षामन्त्रीको अनुपस्थितिलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्तासमक्ष प्रश्न गर्दा त्यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएकी थिइन् । तीन साताअघि जनरल लीको अन्तिम सार्वजनिक उपस्थिति बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरूको सुरक्षा फोरममा भएको थियो । यद्यपि रक्षामन्त्रीहरू केही सातासम्म सार्वजनिक दृष्टिकोणबाट अनुपस्थित हुनु असामान्य होइन ।

रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशित

रुस सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो ।

अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ ।

संयुक्त राज्य अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन् ।

वासिङ्टनमा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता मिलरले अमेरिकी कूटनीतिक कर्मचारीलाई अकारण निष्काशनको आदेश दिइएको तथा दूतावासका कर्मचारीहरूलाईमात्र नभई आफ्नै नागरिकहरूलाई पनि मस्कोले धम्क्याइरहेकको बताएका छन् । रुसी सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार सामग्रीको ‘मिडिया क्लिप’ उपलब्ध गराउने रोबर्ट शोनोभलाई पक्राउ गरिएको जानकारी उनले दिएका छन् । रुसले देश छाडेर जान आदेश दिएका अमेरिकी कूटनीतिज्ञले रुस नछाडेको पनि उनले बताए ।

वासिङ्टन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला रुसले अमेरिकी कूटनीतिलाई देश छाड्न भनेको हो । निष्काशन गरिएका कूटनीतिज्ञहरूले रुसको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी गैरकानुनी एवं गैरकूटनीतिक गतिविधि सञ्चालन गरेका रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । रुसको राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा जेफ्री सिलिन र डेभिड बर्नस्टेन लागेका तथा उनीहरूले रोबर्टसँग ‘गोप्य सहयोग’ मागेर त्यसको बदलामा निजलाई आर्थिक सहयोगको प्रस्ताव गरेका जनाएको छ ।

रुसी सुरक्षा अधिकारीले पक्राउ गरेका राबर्टले भ्लादिभोस्तकस्थित अमेरिकी कूटनीतिक नियोगमा २५ वर्ष काम गरेका थिए । निजसँग अमेरिकी अधिकारीहरूले रुसका गोप्य सूचना उपलव्ध गराउन अनुरोध गरेका मस्कोको आरोप छ ।

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर

पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ।

अमेरिकी न्याय विभागले हन्टर बाइडेनलाई कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। यसलाई अमेरिकी राष्ट्रपतिका लागि ठूलो धक्का मानिएको छ । हन्टरलाई हतियार किन्न धेरै पटक झूट बोलेको आरोप छ।

यो उल्लेखनीय छ कि हन्टर विरुद्ध अनुसन्धान लामो समय देखि चलिरहेको थियो। जसका कारण पनि राष्ट्रपति बाइडेनको समस्या थप बढ्दै गएको छ । अमेरिकी संसदका सभामुखले पनि हालै संसदीय समितिलाई राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन गर्न अनुमति दिएका थिए।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई लागूऔषध दुर्व्यसन र अवैध बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको हो । यसअघि हन्टर बाइडेनलाई डेलावेयरमा विशेष सल्लाहकार डेभिड वेइसले दोषी ठहर गरेका थिए।

यस बाहेक हन्टर विरुद्धको आरोप पुष्टी भएमा २५ वर्षसम्म जेल सजायँ हुन सक्छ र यो उनको विरुद्ध धेरै आपराधिक मुद्दाहरू मध्ये पहिलो हुन सक्छ। ५३ वर्षीय हन्टरले डीसी र लस एन्जलसमा कर छली र अवैध विदेशी लबिङका मुद्दाहरू पनि सामना गर्नु पर्ने भएको छ ।

यद्यपि हन्टर बिडेनलाई २०१८ मा बन्दुक खरिद फारममा लागू पदार्थको प्रयोगको बारेमा झूटो बोलेको आरोप पनि लगाइएको थियो जब उनले कोल्ट कोब्रा रिभल्भर किनेका थिए। न्युयोर्क पोस्टका अनुसार उनले आफ्नो २०२१ संस्मरण ‘ब्यूटीफुल थिंग्स’ मा लेखेका थिए कि उनले त्यस समयमा लागूपदार्थ प्रयोग गर्थे ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : ०२ बजे

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल

काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं– नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका