मन्त्रिपरिषद् निर्णय : कर सुधार समिति गठन, विभुषण कार्य स्थगन | Khabarhub Khabarhub

मन्त्रिपरिषद् निर्णय : कर सुधार समिति गठन, विभुषण कार्य स्थगन


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्को आजको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो ।

मन्त्रिपरिषद्को आजकै बैठकले विभूषण वितरण कार्य केही समयसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गर्ने तथा विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ ।

उक्त कार्यदलले पेस गरेका सुझावका आधारमा विभूषण वितरणसम्बन्धी मापदण्ड बनाउने र त्यस्तो मापदण्ड नबनुन्जेलसम्मका लागि हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय भएको हो ।

दसै, तिहारलगायत चाडबाडका लागि चिनी आपूर्तिलाई सहज बनाउन भन्सार छुटमा चिनी आयात गर्ने निर्णय पनि सरकारले गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट समान १० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो । सिञ्चाइ नीति, २०८० र नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ ।

त्यस्तै, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायीरूपमा समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत आजको बैठकबाट भएको छ ।

त्यस्तै, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : ५० बजे

फिल्म ‘परालको आगो’ : जितुको स्थानमा सौगातको प्रवेश

काठमाडौं – फिल्म ‘परालको आगो’मा जितु नेपालको बहिर्गमनसँगै नायक सौगात

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

टक्सार- ‘कोदोजन्य परिकारको आधार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’

चितवनमा १५ दिनमै २० जनामा डेङ्गु सङ्क्रमण

चितवन– साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये

कामपाद्वारा मोर्गन इन्टरनेशनल विद्यालयको अनुगमन, आवश्यक कागजात तीन दिनभित्र बुझाउन निर्देशन 

काठमाडौं– काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको

भ्रष्टाचार मुद्दाबारे माधव नेपाल- मैले जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले