मन्त्रिपरिषद् निर्णय : कर सुधार समिति गठन, विभुषण कार्य स्थगन « Khabarhub

मन्त्रिपरिषद् निर्णय : कर सुधार समिति गठन, विभुषण कार्य स्थगन


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्को आजको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो ।

मन्त्रिपरिषद्को आजकै बैठकले विभूषण वितरण कार्य केही समयसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गर्ने तथा विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ ।

उक्त कार्यदलले पेस गरेका सुझावका आधारमा विभूषण वितरणसम्बन्धी मापदण्ड बनाउने र त्यस्तो मापदण्ड नबनुन्जेलसम्मका लागि हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय भएको हो ।

दसै, तिहारलगायत चाडबाडका लागि चिनी आपूर्तिलाई सहज बनाउन भन्सार छुटमा चिनी आयात गर्ने निर्णय पनि सरकारले गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट समान १० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो । सिञ्चाइ नीति, २०८० र नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ ।

त्यस्तै, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायीरूपमा समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत आजको बैठकबाट भएको छ ।

त्यस्तै, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : ५० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता