बीआरआईले थलिएको केन्याको योजना « Khabarhub

बीआरआईले थलिएको केन्याको योजना


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

केन्यामा चीनले बनाएको रेल्वेको पहिलो भागको सन् २०१७ मा भव्यताका साथ उद्घाटन भएको थियो। लामो उत्साहका साथ नयाँ रेल परियोजनाको प्रतिक्षा मा बसेका केन्यालीहरु त्यो समय निराश भए जब रेल यात्रा सुरु भएन। अहिले त्यो रेल यात्रा र बीआरआई परियोजनाको नाममा केन्याको आर्थिक अवस्था ओरालो लागेको छ।

यो परियोजनाका कारण आशातीत रकम त आएन। देश मूल रूपमा चिनियाँ बैङ्कसँग लिएको चार दशमलव सात अर्ब अमेरिकी डलरको महंगो ऋणको भारमा थलिएको छ। यो पनि विश्वास गर्न कठिन भइरहेको छ त्यहाँको रेलको वातावरणका कारण यात्रुहरू त्यसमा यात्रा गर्न समेत तयार हुन छोडेका छन्।

बीआरआई परियोजनाका कारण धेरै नै तहस नहस भएका र उठ्नै नसक्ने गरी थला परेका देशमध्य केन्या पनि एक हो।

अन्तिम पटक यात्रुहरूले केन्या स्ट्यान्डर्ड गर्ज रेल्वे स्टेसनबाट भिड गरेरै भए पनि नैरोबीको सिकोमाउ रेल्वे टर्मिनलसम्म यात्रा गरेका थिए। उनीहरूले मोम्बासको नन स्टप बन्दरगाहबाट चार सय ७० किलोमिटर यात्रा गरेका थिए। ५३ वर्षिया पाउलीना एचेसले त्यो यात्रामा रमाइलो पनि महसुस गरेकी थिइन्।

तटीय क्षेत्रको त्यो यात्राले अन्य यात्रा भन्दा सस्तो भएको महशुस उनीहरूलाई छ। यसले यात्रुहरूलाई केही खुसी त दिलाएको थियो। तर, लगानी र सरकारले लिएको ऋणको तुलनाको त्यो खुसी क्षणिक थियो। त्यसबाट आम्दानी हुने र ऋण तिर्ने कुरा कल्पनाभन्दा बाहिर पुग्दै गरेको थियो।

त्यो मंहगीले कार्गो व्यवसायमा अप्ठेरो पारेको थियो। मोम्बासाको बन्दरगाहबाट युगान्डा, रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सामानहरू पुग्ने गरेका थिए। विकसित घटनाक्रमले भने एक किसिमको अप्ठेरो अवस्थाको सिर्जना गरेको छ।

त्यहाँबाट उनीहरू केन्याको सहर नाइभाषामा मात्र यात्रा गर्न सक्षम थिए। त्यो स्थान एक सय २० किलो मिटर टाढा हो। युगान्डाको सीमा भने एकदमै टाढा थियो। त्यहाँ गएर आए पनि धेरै रेल रित्तिएका हुन्छन्। यसले घाटा मात्र हुने गरेको थियो।

केन्याको यातायात निर्माण सचिव किप्चूम्बा मोकोम्यान यो परियोजना पुरा भए लाभ हुन्थ्यो की भन्ने आसमा छन्। तर, केन्याको आर्थिक अवस्था हेर्दा त्यो पुरा हुने कुनै सम्भावना नै छैन।

चीनमा आयोजना हुँदै गरेको बेल्ट रोड सम्मेलनमा केन्या सरकारले बाँकी परियोजना विस्तारको प्रस्ताव राख्ने उनले बताएका छन्।

सन् २०१३ मा चीनले विश्वव्यापी रूपमा बेल्ट रोड इनिभसेटीभ (बीआरआई) परियोजनाको सुरुवात गरेको थियो। सोही परियोजना अफ्रिकामा सुरु भएपछि त यसले नयाँ तहल्का नै पिटेको थियो। सुरुवाती दिनमा अफ्रिकी देशहरू आशावादी भएका थिए।

अहिले भ्रम टुटेको छ। अफ्रिकामा धेरै देशको काम अलपत्र परेका छन्। खर्च अनुसारको आम्दानी छैन। ऋणको भारबाट सबै देश थिचिन थालेका छन्। ऋण असुल्न त्यहाँको सम्पत्ति हडप्ने चिनियाँ नीतिले त सफलता पायो। तर, ऋण नै असुल्न नसके पछि चीनको अर्थतन्त्र नै क्षतविक्षत भएको छ।

ऋण लिने देशको अवस्था त अझ धेरै खराब भइसकेको छ। बीआरआईको कारण सिङ्गो अफ्रिकाको आर्थिक सन्तुलन अहिले खलबलिएको छ। अफ्रिकाकामा अहिले केही परियोजना रद्द गर्नुको विकल्प नै छैन भन्ने सहमति हुन थालेको छ। अन्यथा महँगो चिनियाँ ऋणको भारमा ती देशको अवस्था अझ गए गुज्रेको हुन सक्नेछ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ०६ बजे

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई

हिमालयन सितार र बबिन ढुङ्गानाको साङ्गीतिक प्रस्तुति

काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीमा एक विशेष शास्त्रीय साङ्गीतिक कार्यक्रम सम्पन्न

कञ्चनपुरको खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार,

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य