‘असहायको सेवा नै सच्चा मानव सेवा’ « Khabarhub

‘असहायको सेवा नै सच्चा मानव सेवा’


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– ‘चाडपर्वमा कोही नरहून् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ ।

गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार  यात्राको शुभारम्भ गरे । 

आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित यो यात्रा क्रममा कोशी प्रदेशभरका सहयोगापेक्षी सडक मानवको उद्धार गरी विराटनगरस्थित आश्रममा राखिने भएको छ ।

फाउन्डेशनकी अध्यक्ष डोल्माले असहायको सेवा नै सच्चा मानव सेवा भएको जनाउँदै अभियानमा जोडिन पाउनु जीवनकै सबैभन्दा राम्रो कर्म भएको बताइन् ।

मेचीनगरका नगरप्रमुख बुढाथोकीले कोही पनि नागरिकले सडकमा कष्टपूर्वक जीवन बिताउनु नपरोस् भनेर मानव सेवा आश्रमले विगतदेखि गरिरहेको प्रयासको सराहना गर्दै यस कार्यमा नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे । 

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले मुलुकका ४६ जिल्लामा उद्धार यात्रा सञ्चालन हुने जानकारी दिए ।  ‘कसैले पनि सहयोगापेक्षी भएर चाडबाडका बेला सडकमा बस्नु नपरोस् भन्ने हाम्रो अभियानको उद्देश्य हो’, उनले भने, ‘अभियानलाई सफल बनाउन सबैबाट सहयोग मिल्ने अपेक्षा गरेका छौँ ।’

झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले सडक मानवको उद्धार अभियानमा नेपाल प्रहरीले आवश्यक सुरक्षा र सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ भने बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले सडकमा अलपत्र जीवन बिताइरहेका मानवको उद्धारमा सबै पक्षको सहयोग र चासो हुनुपर्ने बताए ।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीका अनुसार आज झापास्थित पूर्वपश्चिम राजमार्ग र वरपरका सडकमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानवको उद्धार गरिने छ । यस कार्यका लागि आश्रम र आनी छोइङ डोल्मा प्रतिष्ठानमा आबद्ध स्वयंसेवक परिचालन हुनेछ ।

प्रहरी टोली, एम्बुलेन्स र स्यवंसेवकको प्रयोग गरेर सडक मानवको उद्धार गरिने र बसोबासका लागि विराटनगर लगिने सङ्ग्रौलाले जानकारी दिए ।  

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : २० बजे

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको