सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति  « Khabarhub

सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति 


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदे सहमति भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय सरकारी वार्ता टोली र कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतमको नेतृत्वबीच गएराति सहमति भएको हो । सहमति भएसँगै कर्मचारीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । 

संघीय निजमती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन हुनुपर्ने संघर्ष समितिको मागमा संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने सहमति भएको छ।

कर्मचारीहरूको तह वृद्धि र बढुवाको सम्बन्धमा सरकारी वार्ता टोलीले प्रत्येक पाँच वर्षमा तह वृद्धि हुने व्यवस्था तथा एकै पदमा सेवा अवधि बाह्र वर्ष पुगेकाको हकमा एक पटकको लागि दुई तहसम्म वृद्धिको व्यवस्था गर्न पहल गर्ने सहमति गरेका छन्। 

स्थानीयका कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागमा प्रदेश कानुन निर्माण गर्दा मन्त्रालयले पहल गर्ने सहमति जुटेको छ । 

आन्दोलनरत कर्मचारीले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा राखिनुपर्ने माग राख्दै आएका थिए । कर्मचारीहरू विगत १४ दिनदेखि सडक आन्दोलनमा थिए । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ३० बजे

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखेर निरन्तर बहस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको