एसीसी यू–१९ प्रिमियर कपमा नेपालको दोस्रो जित « Khabarhub

एसीसी यू–१९ प्रिमियर कपमा नेपालको दोस्रो जित


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमामा नेपालले लगातार दोस्रो जित निकालेको छ । 

आज मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

जितका लागि बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍याे । नेपालका देव खनाल र अर्जुन कुमालले ३२–३२ रन जोडे । बहराइनका एनेस ओबाइद सयेदले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ ओर ५ बलमा ७७ रन बनाउँदै अलआउट भएको थियो । 

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले  ३४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । नेपालका दीपेश कँडेलले ६ विकेट लिए । यस्तै, दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो ।

पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको नेपाल लगातार दोस्रो जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १ : ०९ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,