कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारियो : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारियो : प्रधानमन्त्री प्रचण्ड


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भरतपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एकसाथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भएको भन्दै कोशीमा उक्त षडयन्त्र निस्तेज पारिएको बताएका हुन् ।

उनले अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइँदैन की भनेर एकथरी विक्षिप्त भएको टिप्पणी गरे । कोशीमा गठबन्धनलाइ नै विभाजन गर्ने प्रयास निस्तेज पारिएकाले अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए ।

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । देश बाहिर रहने नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभइ नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  २ : ३२ बजे

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले