बागलुङ भित्रिए मुस्ताङी च्याङ्ग्रा « Khabarhub

बागलुङ भित्रिए मुस्ताङी च्याङ्ग्रा


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

गलकोट- भाउ आकासिए पनि मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दशैँमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दशैँलाई लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएका छन् । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएका हुन् ।

लामो समयदेखि दशैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए । उनका अनुसार एउटाको मूल्य रू ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रू ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो ।

“अहिले रोज्जा च्याङ्ग्रा रू ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु पर्‍यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ”, उनले भने “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउँदा मुस्ताङका च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।”

थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याएका हुन् । छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन् । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् ।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दशैँमा भेडा च्याङ्ग्रा खोज्ने थापाले बताए । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  २ : ३८ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान