पर्यटन विकास गरी अर्थतन्त्रमा जोड्न आवश्यक : सभामुख घिमिरे « Khabarhub

पर्यटन विकास गरी अर्थतन्त्रमा जोड्न आवश्यक : सभामुख घिमिरे


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भीमेश्वर- सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताएका छन् ।

सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उनले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताए ।

सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा विजया दशमी तथा शुभदिपावलीको शुभकामना व्यक्त गरे ।

शनिबार दोलखा पुगेका घिमिरेले जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन् । कार्यक्रम क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ४ : ५७ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार