घरघरमा खानेपानी पुगेपछि धुर्कोटका स्थानीय खुसी « Khabarhub

घरघरमा खानेपानी पुगेपछि धुर्कोटका स्थानीय खुसी


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गुल्मी- लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मीको धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका यस क्षेत्रका बासिन्दाका लागि धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत लिफ्टिङको माध्यमबाट वडा नं ५ अन्तर्गत वस्तुको हर्रैका घरघरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

उनका अनुसार यहाँका एक सय आठ घरधुरीमा खानेपानी पुगेको छ । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्न बाध्य यस क्षेत्रका स्थानीय घरको धारामा पानी आएपछि दङ्ग छन् । चाडबाडको समयमा पानीको अभावमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमला भण्डारीले बताए । पानीका लागि जिल्लामा धुर्कोट गाउँपालिका सुक्खा क्षेत्रअन्तर्गत पर्दछ । सातवटा वडा रहेको धुर्कोट गाउँपालिकाका सबै वडामा खानेपानीको चरम अभाव थियो ।

विकास र अन्य पूर्वधारका हिसाबले धुर्कोट अगाडि भए पनि खानेपानीका क्षेत्रमा पछाडि परेको थियो । पालिकाभित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिको माध्यमबाट घरघरमा पानी पुर्‍याउन थालिएको अध्यक्ष पोख्रेलले बताए ।

“खानेपानीका लागि मूल नभएकाले सुक्खा याममा यहाँका अधिकांश मानिसको दैनिकी पँधेरा र कुवाबाट पानी बोकेर बित्ने गर्दथ्यो”, स्थानीय तारा पाण्डेले भनिन्, “जीवनमा पहिलोपटक यसरी आफ्नै घरआँगनमा खानेपानीको धारासँगै शुद्ध पिउने पानी आएपछि निकै खुसी लागेको छ ।”

यसरी आफ्नै पालामा घरघरमा धाराबाट यसरी पानी आउँला भन्ने आफूले कल्पना नगरेको भन्दै विगतका दुःखलाई बिर्साइदिएको उनको भनाइ थियो । सङ्घीय र प्रदेश सरकार, धुर्कोट गाउँपालिका र स्थानीय जनश्रमदानसमेत गरी कुल रू एक करोड ५९ लाख तीन सय २४ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिए ।

योजना सुरु गरिएको चार वर्षमा सम्पन्न भएको जनाउँदै उनले आयोजनाबाट अहिले एक सय आठ घरधुरीका छ सय ५० जना प्रत्यक्ष लाभान्वित बनेका बताए ।

पाँच हजार तीन सय ८२ घरधुरी रहेको धुर्कोट गाउँपालिकामा अझै एक हजार सात सय ३२ घरधुरीमा खानेपानी पुर्‍याउनका लागि काम भइरहेको पालिकाले जनाएको छ । पालिकाले आउँदो दुई वर्षभित्र धुर्कोटका सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियानलाई पुरा गर्ने अध्यक्ष पोख्रेलले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ६ : ४४ बजे

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ