मनसुन आजदेखि पूर्ण रुपमा बाहिरिँदै « Khabarhub

मनसुन आजदेखि पूर्ण रुपमा बाहिरिँदै


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिएको हो ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भूभागबाट बाहिरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू(भाग र गण्डकी प्रदेशको पश्चिमी भूभागबाटसमेत मनसुन बाहिरीसकेको छ । “मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ”, महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, “साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ । आजै मनसुन विशेष बुलेटिन आउनसक्छ ।”

उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भूभागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । यो मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो ।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको हो । काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ ।

त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जनकपुरमा छ सय ३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे

अष्टलक्ष्मी र सुरेन्द्रको प्रस्ताव : ७० वर्षे र दुई कार्यकाल लागू गरौँ, ओलीसहित हामी सबै विद्ध हौँ

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशन अगाडि बसेको केन्द्रीय कमिटी बैठकमा

एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ

याङ्गो राइडद्वारा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक

काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके– जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै