रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु « Khabarhub

रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

मन्थली- नेपाल विद्यार्थी सङ्घ रामेछापले बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बागमती प्रदेशका नेपाली काङ्ग्रेसका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे । त्यस अवसरमा मन्त्री लामाले बागमती प्रदेशको खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले जिल्लामा यातायात, खानेपानी र शिक्षा क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘लिग कम नक आउट’ विधिमा भएको आइतबारको खेलमा नुवाकोटले जितेको छ । नुवाकोटले ललितपुरलाई २–० को सोझो सेटमा हराएको हो । त्यसपछि दोलखा र काभ्रे, चितवन र धादिङबीच  भएको  खेलमा दोलखाले काभ्रेलाई २–० ले र धादिङले चितवनलाई पनि २–० ले पराजित गरेको हो ।

दश जिल्लाका खेलाडी सहभागी भएको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा जिल्लास्थित विभिन्न विद्यालयका स्काउटको टोलीले ‘मार्च पास’ गरेको थियो । मार्च पासमा मन्थली मावि प्रथम, कर्कलादेवी इङ्गलिस बोर्डिङ स्कुल द्वितीय, जेएन बोर्डिङ स्कुल र नागकन्या मावि गडवारीले तृतीय स्थान हासिल गरेका थिए । विजयी विद्यालयलाई क्रमशः रु दश हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ३६ बजे

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको