रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु « Khabarhub

रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

मन्थली- नेपाल विद्यार्थी सङ्घ रामेछापले बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बागमती प्रदेशका नेपाली काङ्ग्रेसका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे । त्यस अवसरमा मन्त्री लामाले बागमती प्रदेशको खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले जिल्लामा यातायात, खानेपानी र शिक्षा क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘लिग कम नक आउट’ विधिमा भएको आइतबारको खेलमा नुवाकोटले जितेको छ । नुवाकोटले ललितपुरलाई २–० को सोझो सेटमा हराएको हो । त्यसपछि दोलखा र काभ्रे, चितवन र धादिङबीच  भएको  खेलमा दोलखाले काभ्रेलाई २–० ले र धादिङले चितवनलाई पनि २–० ले पराजित गरेको हो ।

दश जिल्लाका खेलाडी सहभागी भएको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा जिल्लास्थित विभिन्न विद्यालयका स्काउटको टोलीले ‘मार्च पास’ गरेको थियो । मार्च पासमा मन्थली मावि प्रथम, कर्कलादेवी इङ्गलिस बोर्डिङ स्कुल द्वितीय, जेएन बोर्डिङ स्कुल र नागकन्या मावि गडवारीले तृतीय स्थान हासिल गरेका थिए । विजयी विद्यालयलाई क्रमशः रु दश हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ३६ बजे

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्

दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना

दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौरीको दूध अभाव

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न