महिला टी–२० सिरिज : तान्जानियाद्वारा नेपालसामु १ सय १६ रनको लक्ष्य « Khabarhub

महिला टी–२० सिरिज : तान्जानियाद्वारा नेपालसामु १ सय १६ रनको लक्ष्य


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्दै सात विकेट गुमाउँदै एक सय १५ रन बनायो ।

तान्जानियाका लागि हुड्डा ओमरेले २५, ऐशा मोहमदले २१, साउम मातेले १६, कप्तान फतुमा किबाशुले ११ तथा मोनिका पाश्कलले १० रन बनाइन् । बलिङतर्फ नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले एक एक विकेट लिइन् ।

ब्याटिङ गर्ने क्रममा केहीबेर अघिसम्मको खेलमा नेपालले ६ ओभरमा पाँच विकेट गुमाउँदै १९ रन बनाएको छ । नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।

कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो । क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन् । नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ९ : ५१ बजे

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको