नेपाल बैंक स्थापनाको ८६ वर्ष पूरा « Khabarhub

नेपाल बैंक स्थापनाको ८६ वर्ष पूरा


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बैंक लिमिटेडले आफ्नोे ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएको थिए । बैंकलाई आधुनिक, सफल र नेतृत्वदायी बैंकको रुपमा स्थापित गर्न सहयोग गर्ने सम्पूर्णमा बैंकले कृतज्ञता व्यक्ति गरेको छ ।

विसं १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन विर विक्रम शाहले गरेका थिए। सार्वजनिक निजी साझेदारी (पीपीपी मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । आजको दिनसम्म अनवरत विश्वासको ८७ औँ वर्षसम्म अटुट रूपमा बैकिङ्ग सेवा प्रदान गर्न सफल नेपाल बैंक लिमिटेडको लामो गौरवमय इतिहास रहेको छ ।

शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैकिङ्ग धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबद्र्धन गर्दै राष्ट्र निर्माणमा पु¥याएको योगदान विशेष रहेको छ ।

नेपाल बैंकले आफनो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि।सं २०१२ सम्म देशको केन्द्रिय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । सो पश्चात बाणिज्य बैंकको रुपमा देशको विभिन्न कालखण्डमा विषम परिस्थितिका बावजुद ग्राहक वर्गको असिम विश्वास र भरोसालाई अक्षुण राख्दै अगाडि बढेको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ९ : ५३ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग