नेपाल बैंक स्थापनाको ८६ वर्ष पूरा « Khabarhub

नेपाल बैंक स्थापनाको ८६ वर्ष पूरा


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बैंक लिमिटेडले आफ्नोे ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएको थिए । बैंकलाई आधुनिक, सफल र नेतृत्वदायी बैंकको रुपमा स्थापित गर्न सहयोग गर्ने सम्पूर्णमा बैंकले कृतज्ञता व्यक्ति गरेको छ ।

विसं १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन विर विक्रम शाहले गरेका थिए। सार्वजनिक निजी साझेदारी (पीपीपी मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । आजको दिनसम्म अनवरत विश्वासको ८७ औँ वर्षसम्म अटुट रूपमा बैकिङ्ग सेवा प्रदान गर्न सफल नेपाल बैंक लिमिटेडको लामो गौरवमय इतिहास रहेको छ ।

शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैकिङ्ग धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबद्र्धन गर्दै राष्ट्र निर्माणमा पु¥याएको योगदान विशेष रहेको छ ।

नेपाल बैंकले आफनो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि।सं २०१२ सम्म देशको केन्द्रिय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । सो पश्चात बाणिज्य बैंकको रुपमा देशको विभिन्न कालखण्डमा विषम परिस्थितिका बावजुद ग्राहक वर्गको असिम विश्वास र भरोसालाई अक्षुण राख्दै अगाडि बढेको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ९ : ५३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स