भारत विश्वकपको फाइनलमा, न्युजिल्याण्ड ७० रनले पराजित « Khabarhub

भारत विश्वकपको फाइनलमा, न्युजिल्याण्ड ७० रनले पराजित


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो ।

जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन् । त्यस्तै कप्तान केन विलियम्सन ६९, ग्लेन फिलिप्सले ४१ रन रन बनाए ।

बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।

भारतका विराट कोहली र श्रेयस अय्यरले शतक बनाए । कोहलीले १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएयस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान रोहित शर्माले २९ बलमा ४७ र केएल राहुलले ३९ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ११ : ०० बजे

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६