सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि « Khabarhub

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९-८० मा जिल्लामा दुई हजार पाँच सय २२ महिलाले यो सेवा लिएको बताएका छन् । कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतनलगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा गएर सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार चालु आवको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । ‘मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको पाइएको छ’, सूचना अधिकृत कार्कीले भने, ‘कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थाबाट यो सेवा लिने व्यवस्था गरिएको छ ।’

नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालयका प्रमुख उद्धव भट्टले पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । ‘पहिला निश्चित ठाउँ भएकाले परिवार नियोजन सङ्घमा मासिक एक सयभन्दा बढी सेवाग्राही पुग्थे’, उनले भने, ‘हामीकहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।’ उनले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको बताए । सेवा लिन आउनेमध्ये अधिकांशले औषधि विधि रोज्ने गरेको उनले जानकारी दिए ।

कञ्चनपुरमा परिवार नियोजन सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने सतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको जनाएको छ । ‘अझै पनि लुकीछिपी अवैध रुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने पनि छन्’, सूचना अधिकृत कार्कीले भने , ‘अवैध तरिका अपनाउँदा ज्यान जोखिममा पर्न सक्छ ।’

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : ३९ बजे

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान