भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति « Khabarhub

भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोग गर्न दिने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा सम्पन्न दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।

नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न माग गर्दै आएको थियो । सन् २०१९ मै ती दुई बन्दरगाह प्रयोगबारे सैद्धान्तिक सहमति भए पनि यसपटक उही राज्यका सरकारी स्वामित्वमा रहेका फरक बन्दरगाह प्रयोगको अनुमति दिने सहमति भएको हो ।

निजी क्षेत्रको अडानी समूहले व्यवस्थापन गर्दै आएका धाम्रा र मुन्द्राको सट्टा भारत सरकारद्वारा सञ्चालित बन्दरगाहमा नेपाललाई पहुँच दिइएको हो ।

नेपालले हाल पश्चिम बंगालको कोलकाता, हल्दिया र आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै तेस्रो मुलुकसँग व्यापार गरिरहेको छ । एउटै रुटमा पर्ने कोलकातामा साना जहाज र हल्दियामा ठूला जहाज आउने भएकाले नेपालले यी दुईलाई एउटै बन्दरगाहका रूपमा प्रयोग गर्दै आएको छ ।

लामो समयदेखि वैकल्पिक बन्दरगाहको माग गर्दै आएको नेपालका लागि पारादीप र कान्डला बन्दरगाहको पहुँचले तेस्रो मुलुकसँगको पारवहन र व्यापारमा थप सहजता मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  २ : १९ बजे

भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

काठमाडौँ – तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको

६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास

नयाँदिल्ली- नेपाल र भारतबीचको ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको ६६९ मेगावाट

प्रधानमन्त्री शाह र भारतका समकक्षी मोदीले गरे जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्‌घाटन

नयाँ दिल्ली–  प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले

मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन्

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र

नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा

काठमाडौँ- भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब